२०४७ साल । भोटो देखाउने जात्रा हेर्न
स्वर्गीय राजा वीरेन्द्रसँगै युवराज दीपेन्द्र पनि सवार थिए । रथमा थिइन्,
३८ वर्षीया जीवित कुमारी धनकुमारी बज्राचार्य । धनकुमारीलाई देख्नेबितिकै
दीपेन्द्रले ‘यति ठूली केटी पनि कुमारी हुन्छ र ?' भन्ने प्रश्न गरेका थिए।
सामान्यतः सानी उमेरकी कुमारी देखिरहेका दीपेन्द्रले ‘ठूली' कुमारी देखेर
प्रश्न उठाउनु स्वाभाविक थियो । त्यसपछि दीपेन्द्रले कुमारीबारे छानबिन
समिति नै गठन गरे आफ्नै नेतृत्वमा ।
महिनावारी नभइन्जेल कुमारीका रूपमा कुमारीघरमा रहने पाउने कुमारी प्रथा छ । तर, धनकुमारी भने ३२ वर्षको उमेरमा पनि महिनावारी भइनन् । छानबिन समितिले धनकुमारीको शारीरिक अवस्था जाँच गर्यो । सम्पूर्ण चेकअपपछि पनि कुमारीको शरीरमा कुनै दोष भेटिएन, सबै ठीकठाक थियो ।

अझै पनि दीपेन्द्रको चित्त बुझेन । त्यसपछि उनले दरबारका पुरोहितलाई बोलाई ‘धनकुमारीको ठाउँमा सानो कुमारी राख्नू अन्यथा तपाईंलाई देश निकाला गर्छु' भनेर धम्की दिए । पुरोहित धर्मसंकटमा परे । पुरोहितले ‘यति ठूलो भगवान्लाई म कसरी हटाउन सक्छु' भन्दै रोइकराइ गरे । कुमारीहरू हत्तपत्त परिवारका सदस्यबाहेक अन्य आगन्तुकसँग नबोल्ने नियम छ । यति हुँदाहुँदै पनि त्यति बेला भने धनकुमारीले मुख खोलिन् ।दुई वर्षकी हुँदा २०११ सालमै कुमारी बनेकी धनकुमारी बज्राचार्य २०७३ सालसम्म पनि कुमारी छिन् ।
उनले भनिन्, ‘तिमीलाई जे हुकुम भएको हो त्यही गर, यसमा तिम्रो केही दोष हुनेछैन ।' त्यसपछि धनकुमारी आफैँ कुमारीघरबाट हटिदिइन् र कुमारीले गर्ने सम्पूर्ण नियम पालन गरी आफ्नै घरमा कुमारीका रूपमा बस्न थालिन् । कुमारीघरमा औपचारिक रूपमा साना उमेरका अन्य कुमारी राखिए पनि धनकुमारी आजीवन कुमारीका रूपमा अहिलेसम्मै पुजिँदै आएकी छन् । दीपेन्द्रले देशनिकाला गर्छु भनिएका दरबारका ती पुजारी अहिले मरिसके ।
...
केही दिनअगाडि धनकुमारीलाई भेट्न म गाःबहालस्थित उनकै निवास पुगेकी थिएँ । उनी आफ्नै कोठामा पूजामा व्यस्त थिइन् । फलफूल, नैवेद्यले भरिएको उनको पूजाकोठा धुपको वासनाले मगमगाइरहेको थियो । रातो र झिलझिल चम्किने पहिरनमा सजिएकी थिइन् कुमारी ।
परेलीको छेउदेखि कानसम्म गाजलको लामो
धर्को तानिएको थियो । आँखा झुकाइरहेकी थिइन् । कसैसँग आँखा नजुधाउने र
परिवारबाहेकका आगन्तुकसँग बोलचाल नगर्ने कुमारीको नियम हुन्छ । आफ्नो आसनमै
बसिरहेकी थिइन् उनी । कुमारीले आफ्ना दुई खुट्टा पूजाथालीमाथि राखेकी
थिइन् । नजिकै परालका चकटी बिछ्याइएका थिए।
कुमारीले थालीबाट अक्षता निकालेर मेरो निधारमा टाँसिदिइन् । केही छिनपछि आफ्नो खुट्टाको फूल मेरो शिरमा राखिदिइन् ।
म धनकुमारीकी भदैनी चनिरासँग कुरा गर्न थालेँ । चनिरा स्वयं पनि पूर्वकुमारी हुन् ।
...
धनकुमारी बज्राचार्य दुई वर्षको उमेरमा कुमारी बनेकी थिइन् २०११ सालमा । त्यसपछि उनी आजीवन नै कुमारी भइन् । अहिले उनी ६४ वर्षकी भइन् । कुमारी प्रथाकै इतिहासमा धनकुमारी एक दुर्लभ कुमारी मानिन्छिन् । सबैभन्दा लामो समय कुमारी बनेकी उनी एक्लो उदाहरण हुन् । कुमारीप्रथामा रजस्वला सुरु हुनुअघिसम्म कुमारी भएरै कुमारीघरमा बस्न पाइने नियम हुन्छ । रजस्वला सुरु हुने समयमा कुमारी फेरिन्छिन् । तर, धनकुमारीको हकमा भने निकै फरक छ । ६४ वर्षसम्म पनि उनको रजस्वला भएको छैन । २००९ सालमा जन्मेर २०११ सालमै कुमारी बनेकी धनकुमारी बज्राचार्य २०७३ सालसम्म पनि कुमारी छिन् ।
...
उनको दैनिकी पूजापाठमै बित्छ । बिहानै उठेर नुहाइधुवाइ गरेपछि उनी कुमारी-पहिरन र मेकअपमा सजिन्छिन् । कुमारी पहिरन रातो र झिलझिल अनि चम्किने नै हुनुपर्ने चनिराले बताइन् । ‘ठूलोठूलो पूजाआजामा गहना लगाए पनि अरू बेला लगाउने चलन छैन', चनिराले भनिन् । मैले कुरा गरिरहेको समयमा पनि धनकुमारीले गहना लगाएकी थिइनन् । कुमारी परम्पराअनुसार उनीहरूले प्रयोग गरेका गहना एकबाट अर्को कुमारीलाई हस्तान्तरण गरिने चलन छ तर उनी ‘आजीवन कुमारी' भएकाले अरू कसैलाई गहना हस्तान्तरण गर्नु परेन ।
उनको सबै समय भक्तजनसँगै बित्छ । उनलाई पूजा गर्न थुप्रै भक्तजन आइरहन्छन् । पूजा सकिएपछि मात्रै उनी भोजन गर्छिन् । सामान्य भोजन गर्छिन् तर कुखुराको मासु र माछा भने कडा रूपमा प्रतिबन्ध गरिएको हुन्छ । चोखोनितो बनाएर कुमारीलाई खुवाइसकेपछि मात्रै घरका अन्य सदस्यले खाने चलन रहेको चनिराले बताइन् । फुर्सदको समयमा बिरुवामा पानी हाल्दै टहलाउन मन पराउँछिन् धनकुमारी ।
त्यसो त बाहिरी संसार भनेकै घरको छतसम्म पुगेर बिरुवामा पानी हाल्नु हो । त्योभन्दा बाहिर त उनी निस्कँदै निस्किन्नन् । उनी कतै निस्कनु परे बोकेर लैजाने चलन छ । धनकुमारी कहिलेकाहीँ पत्रपत्रिका पल्टाउँछिन्, पढ्न भने सक्दिनन् । रेडियोमा समाचार सुन्छिन्, टीभीमा धार्मिक कार्यक्रम हेर्छिन् । नेपाली राम्ररी बुझ्दिनन् । परिवारका सदस्यसँग एकदमै थोरै बोल्छिन्, त्यो पनि नेवारीमा मात्रै ।
कुमारी छान्ने परम्परा काठमाडौं उपत्यकाका नेवारहरूमा रहेको पुरानो परम्परा हो । गाःबहालमा बज्राचार्य समुदायको बालिकाहरूबाट नै छनोट गरिन्छ । बत्तीस लक्षणयुक्त भएकी बालिकालाई कुमारी छानिन्छ । राजसंस्था रहुन्जेल दरबारका बडागुरुज्यले कुमारी छनोट गर्थे । राजसंस्था नरहेपछि तलेजु मन्दिरका पुजारीले कुमारी छनोट गर्ने गरेका छन् । त्यसका लागि आवश्यक परीक्षण पनि उनी नै गर्छन् ।
इतिहासविद् तेजेश्वरबाबु ग्वंगःका अनुसार कुमारी प्रथा लिच्छविकालका राजा अंशुबर्माको पालादेखि नै सुरु भएको हो । मल्लकालमा कुमारी प्रथाको निकै महव थियो । त्यति बेला कुमारीलाई निकै सम्मान गरिन्थ्यो । बौद्ध धर्मावलम्बी शाक्य र बज्राचार्य समुदायका बालिकालाई हिन्दु पुजारीले छनोट गर्नु धार्मिक सामञ्जस्यताको द्योतक रहेको ग्वंगको मत छ ।

शिक्षा ग्रहण गर्ने पहिलो कुमारी
आमाका कारण अध्ययन गर्ने सुवर्ण मौका पाएकोमा पूर्वकुमारी चनिरा
बज्राचार्यलाई गर्व लाग्नु स्वाभाविक हो । उनी शिक्षा ग्रहण गर्न पाउने
पहिलो ‘भाग्यमानी' कुमारी हुन् । पाटनमा उनीबाट नै कुमारीले पनि शिक्षा
लिने चलन सुरु भएको हो । कुमारी प्रथाअनुसार कुमारीहरूलाई बाहिरका मानिससँग
बोल्न प्रतिबन्ध लगाइएको हुन्छ । तर, उनकी आमाले सामान्य जीवनमा फर्केपछि
कुमारीहरूलाई समस्या पर्नसक्ने भन्दै चनिराले पढ्न पाउनुपर्ने माग राखेकी
थिइन् । उनको मागलाई मनन गर्दै चनिरालाई पढ्ने व्यवस्था मिलाइएको थियो ।चनिराका अनुसार उनको अध्ययनका लागि एउटा विद्यालयसँग सम्पर्क गरेर उनको शिक्षादीक्षाको व्यवस्था मिलाइएको थियो । विद्यालयका शिक्षक उनकै निवासमा आएर सबै विषय पढाउँथे । पछि दुईजना शिक्षकको व्यवस्था गरियो । शिक्षकहरूले चारचारवटा विषय बाँडेर पढाउँथे । चित्रकलामा रुचि भएकाले उनले चित्रकला पनि सिकिन् । अहिले संगीत र अन्य अतिरिक्त सीप सिक्ने व्यवस्था पनि कुमारीहरूलाई गरिएको छ ।
कुमारी भइन्जेल एक्लै पढ्ने बानी परेकाले कलेजमा धेरै साथीसँग पढ्न जाँदा समस्या भयो । अन्य कुमारीहरूलाई त्यस्तो समस्या नपरोस् भनी बाहिरी संसारबारे पनि जान्नेबुझ्ने अवसर दिनुपर्ने चनिराको धारणा छ ।
अहिले उनी काठमाडौँ विश्वविद्यालयबाट बीबीए अध्ययन गर्दैछिन् । आफू अध्ययन गरेको विद्यालयमा स्वेच्छाले काम गरिरहेकी छन् । सिभिल बैंकले पढाइ पूरा भएपछि रोजगारी दिने वचन पनि दिएको छ । उनी एमबीए पूरा गर्न चाहन्छिन् ।
चनिराको कुमारीकालका केही रमाइला कीस्सा साच्चै नै सुन्न लायक छन्, भन्छिन् ‘मैले धेरै राजाहरु भेटेँ । म कुमारी भएको समयमा राजा वीरेन्द्र, दीपेन्द्र आए । त्यसपछी छ वर्षसम्म त ज्ञानेन्द्र आए ।'
राजा हटेपछी एक वर्ष गिरीजाप्रसाद कोइराला आए र दुई वर्ष रामवरण यादव । उनीहरु सबैलाई टीका लगाइदिएको क्षण सम्झनामा मात्रै कैद गरिएको भए पनि अविस्मरणीय क्षण भन्न रुचाउँछिन् उनी ।
उनको अनुसार, जीवीत कुमारीमा साच्चै नै एकप्रकारको शक्ति आउँछ जुन कुरा चनिराले खुद अनुभूती गरिन । चनिराको अनुसार, पूजा लिएर आउने मान्छेको भाकल पुरा हुने जस्तो लागेमा आसनमा बस्दा आनन्द लाग्ने, रमाइलो लाग्ने हुन्थ्यो तर कसैको भाकल पुरा हुनुछैन भने आफूलाई जर्बजस्ती आशनमा राख्नुपर्ने हुन्थ्यो जुन कुरा दैविशक्तिको कारण भएको हो ।
कुमारीप्रथा यथावत भए पनि सरकारले गरेको मासिक सहयोग थोरै मात्रै थियो । उनी कुमारी बस्दा मासिक पन्ध्र सय रुपैयाँ दिन्थ्यो । जुन पैसाले महिनाभरी हुने विभिन्न चाडपर्वमा सबैलाई भोज खुवाउनु, कुमारीको शिक्षाको लागी जोहो गर्नुपर्ने हुँदा पैसा नपुग्ने हुन्थ्यो ।
त्यो बाहेक पूर्व कुमारीलाई मासिक हजार रुपैयाँ सरकारले दिदै आएको छ । तर यो पैसा भन्दा पनि शिक्षा तथा रोजगारीको लागि सरकारले सहुलियत दिनुपर्ने वा कोटा छुट्याइदिएको भए राम्रो हुने विचार चनिराको छ ।
No comments:
Post a Comment