Friday, June 5, 2015

अनी,हाम्राे भेट नीरन्तर चलीरह्याे


टीगंटीगं गर्दै मोबाईलले एसएमएस आएको संकेत दियो । हतारीदै मोबाईल हेरेँ । मेरो मिल्ने साथीको रहेछ, लेखेको थियो, आज समय मिल्यो भने चियागफको लागी समय मिलाउ है ।  मैले तुरुन्त जवाव दिएँ, सम्भव भए सम्म मिलाउँला, तर अहीले फिक्स नगरौ, दिउँसो ईन्फर्म गरौला । उसले भन्यो ओके ।


एउटा स्टोरी गर्ने प्लान बनाउँदै थिएँ । हुन त दुई वटा फिचर पेन्डीगं थियो मेरो । तै पनि कीन कीन छिटो अफीस आएर काम सकाउने रहर जाग्यो मलाई । साच्चै भन्नु पर्दा, उसलाइ भेट्न आतुर थिए म पनि । त्यसैले अन्यबेला भन्दा चाँडो अफीस आएँ । साढे दश भएको थियो सायद । हाजिरी गर्ने ठाउँमा औलो देखाए र लागेँ नौ तला तिर ।


नौ तला सुनसान थियो । अनलाईन शाखामा ज्ञानेन्द्र दाई र व्युरोमा चिरन्जीवी दाइ अनि म मात्रै । मैले केवल उहाँहरुको आवाज सुनेको थिए,एकअर्कामा बोलेका पनि थिएनौ ।


ठ्याक्कै त्यही दिन बालविषेशांकमा भुकम्प सम्बन्धि मैले लेखेको समाचार भुकम्प भय प्रकाशीत भएको थियो । र मैले भुकम्प सम्बन्धि लेख्न लागेको अर्को समाचारको लागी केही तथ्यांक संकलन गर्दै थिएँ । मैले लेख्न लागेको समाचार भुकम्पमैत्री कार्यस्थल को बारेमा थियो । 


त्यही समाचारको लागी राष्ट्रिय भुकम्प प्रविधि समाजले गोदावरी भिलेज रीसोर्टमा आयोजना गरेको कार्यक्रममा भएका गतिबिधिलाई संकलन गर्दैगरेकी थिएँ ।  कार्यक्रममा नेपालका पुर्वमेची देखी पश्चिम महाकाली सम्मका सञ्चारकर्मीको बाक्लो उपस्थिती थियो । विषेशगरी रेडीयो र टेलिभिजनका । उपस्थित सञ्चारकर्मीलाई सोधिएको थियो, हामी भुकम्प सम्बन्धि समाचार त लेख्छौ, अरुलाई सुचना दिन्छौ तर हामीले काम गर्दै गरेको कार्यलय कतिको सुरक्षित छन् ७तिस यो प्रश्नसँगै सबै जना एकाएक चुप भएका थिए । किनकी हामीसँग यसको उत्तर नै थिएन । हामीले कार्यलय भुकम्पमैत्री छ की छैन भन्न बोध थिएन हामीलाई ।


त्यतिबेला मैले पनि सोचको थिए,  हाम्रो त कार्यलय नै नौ तला माथि छ, नब्बे सालको जस्तै भुकम्प आएमा के गर्ने होला भनेर । अफीस कहीलेकाँही नौ तलामा भएको बेलामा भुकम्प गए के गर्ने भनेर कुरा गथ्र्यों । तर अकस्मात आयो निर्दयी भुकम्प । म नौ तलामा भएकै बेलामा । कार्यलय सुनसान भएको बेलामा । मन मस्तिष्क नै हल्लाईदियो ।


सायद कार्यलयमा सबै भईदिएको भए सान्त्वना हुन्थ्यो होला । तर हरर फिल्ममा आएको जस्तो आवाजले मेरो आत्मविश्वासलाई नराम्रो असर गर्यो । ढल्नै लागेको घरको आवाज सुनेर चुपचाप मृत्यु कुरेर बस्नु पर्यो । साच्चै भन्नु पर्दा दोस्रो जन्म पाएकै हो हामीले ।


करीब दुई वर्ष पहीला म जर्मन सहयोग नियोग (जिआईजेट) मा आवद्ध थिएँ । त्यति नै बेला पहीलो पटक भुकम्प सम्बन्धि तालिम लिने मौका पाएको थिएँ । जिआईजेटको प्रमुख कार्यलय सानेपा स्थित पुरानो खालको दरबारमा थियो । भुकम्पबाट जोखीमयुतm देखीएकोले सातदोबाटो स्थित प्राकृतिक संरक्षणकोषको परीसरमा सरीसकेका थियो । साच्चै जर्मन सरकारले आफना नागरीक तथा कर्मचारीको सुरक्षा पहीलो प्राचमिकतामा राखेको मैले महशुस गरेँ ।


भुकम्प पछी अफीस जान आँट आएन । नौ तला चढ्न त झनै महाभारत भयो मलाई । त्रास भगाउने तथा सान्त्वना दिने हीसाबले थ्री एन आईका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिटीगं बोलाउनु  भएको थाहा पाएँ । म आउन पाईन । उहाँले द्धन्द्धकालमा भोगेको अनुभव सुनाउदा केही राहत दिएको मन, निर्धक्क भने हुन नसकेको कार्यलयकै एकजना साथीले सुनाउनुभयो । उहाँसँगको भेटमा,प्रकृतिसँग मिल्न सिक्नुपर्छ भनेर दिनुभएको सान्त्वनाले खुशी त भएँ । तर पनि नौ तला चढ्न आटै आएन ।


विभिन्न दुतावास तथा अन्र्तराष्ट्रिय गैह्र सरकारी संस्थाले आफना नागरीकको सुरक्षाको लागी पहल गरे जस्तै हामीले पनि कार्यलयलाई सुरक्षित बनाउन आवश्यक छ । यसका लागी हामी छिटो भन्दा छिटो विज्ञहरुसँग परामर्स गर्न आवश्यक छ ।


कुरो रह्यो हाम्रो भेटको ।


बाह्र बज्न लागेको बेला गएको ७बmउस.९ रेक्टरको भुकम्प पछी म हतारहतार नौ तलाबाट तीनकुने सडकमा झरे । सायद पहीलो पटक होला म यति छीटो दौडेको ।  त्यही बाट सबैलाई फोन सम्पर्क गर्न खोजेँ तर कसैलाई सम्पर्क भएन । बाटोमा हीडीरहेका सबैको अनुहारमा भय, त्रास मात्रै देखीन्थ्यो । छीनभरमै मान्छेहरु मरेको खबर आएपछी झनै आत्तिएँ । अझै,  फोनले काम गरीरहेकोथिएन । मैले एसएमएस गरेँ । पुग्दैन थियो । म बाटोमा छटपटाई रहेको बेलामा एउटा एसएमएस आयो । उसैको रहेछ, मायाले लेखेको उसको एसएमएस पाउँदा साच्चै नै स्पेसल लाग्यो । उसले लेखेको थियोः आर यु सेफ, प्लिज टेक केयर ।

 

अनि हाम्रो भेट निरन्तर चलिरह्यो । 


No comments:

Post a Comment